मंसिर ४ काठमाण्डौं । छोराले आफु प्रधानमन्त्री भएको समयमा अत्यन्तै महत्वपुर्ण सहयोग गरेको स्मरण गर्दै छोराको निधनले देशको सम्पुर्ण अभिभावकीय भूमिका आफुमा आएको प्रतिक्रिया दिएका छन् । आफुलाई सम्हालीन सम्भव भए पनि आमालाई सम्हाल्न कठिन भएको दाहालको भनाई छ । छिमेकी देशका प्रतिनिधिहरुले दिएको समबेदनाले आफ्नो परिवारको आत्मबल बढेको भन्दै सबैलाई धन्यवाद दिएका छन् ।
छोरालाई सामान्य रुघा मात्रै लागेकाले आफुसँग चुनावी प्रचारमा नगएको स्मरण गर्दै परिस्थिती असामान्य नै बनीहाल्छ भन्ने आफुले नसोचेको बताए । छोरो बिस्तारै परिपक्क बन्दै गएकोमा आफु खसि भएको भन्दै प्रचण्डले अचानक दुर्घटना भएकोमा दुख ब्यक्त गरेका थिए । समबेदन ब्यक्त गर्न पुगेको टोलीसँग कुरा गर्दै यो घटनाले आफुमा अझै जिम्मेवारी बढेका बताएका थिए ।