कम्युनिष्ट अतिवाद ढाल्न लोकतान्त्रीक गठबन्धन : बाबुराम भट्टराई ।

0
921

मंसिर ४ गोरखा । नयाँ शक्ति पार्टीका संयोजक बाबुरम भट्टराईले नेपाललाई सम्बृद्ध बनाउने आफ्नो योजना रहेको भन्दै आफु कुनै पनि समयमा ढुलमुले नभएको भन्दै प्रचण्डको आरोप कपोल कल्पीत भएको स्पष्टिकरण दिएका छन् । बाम गठबन्धन बनाउादै गर्दा कम्युनिष्ट पार्टीहरु रुपान्तरित हुनु पर्छ भन्ने अडानबाट एमाले माओबादी पछि हटेका कारण आफु बाम गठबन्धनबाट पछि हटेको बताए ।

गठबन्धन भाँड्ने मुख्य भूमिकामा नारायण काजी श्रेष्ठ रहेको भन्दै नारायण काजीले द्धैध चरित्रका कारण आफु बाम गठबन्धनबाट बाहिररिएको खुलासा गरेका छन् । नारायण काजी टुरिष्ट उमेदवार भएको भन्दै आफ्नो वडाको समेत बिकास गर्न नसक्ने,सानो छाती भएका, कुखुरे चिन्तन बोकका ब्यक्तिलाई भोट हाल्ने की देशको प्रधानमन्त्री भैसकेका ब्यक्तिलाई जिताउने ध्यान दिन आग्रह गरे । नेपाली काँग्रेस सँग भएको १२ बँुदे सम्झौताको स्मरण गर्दै काँग्रेससँगको सहकार्यमा मात्रै दिगो शान्ती र लोकतन्त्र स्थापित हुने भन्दै आफुले सहकार्य गरेको भनेका थिए । तपाई कहाबाट आउनु भयो भन्दा पनि तपाई अब कता जाँदै हुनु हुन्छ भन्ने कुरा मुख्य भएको भन्दै कुनै पनि दुबिधा नराख्न आग्रह गरे । काँग्रेस सँगको एकताले देशले निकास पाउने उनले ठोकुवा गरे ।

उनले सबैलाई यो अभियानमा सघाउन आब्हान पनि गरे । उनले हसिया हथौडालाई सम्मान गर्दै आँखा चिन्हमा मतदान गर्न पनि अपिल गरे । हसिँया हथौडाको बलमा गोरखाका एक मजदुरको खुट्टा भाच्ने कार्य हुनुले माओबादी अतिवादको अन्त्य गर्न पनि लोकतान्त्रीक गठबन्धनमा भोट हाल्न आग्रह गरे । उनले बाम गठन्धनले अतिबाद निम्त्याउने भन्दै देशको माया हुनेले काँग्रेस नेतृत्वको गठबन्धलाई भोट हाल्न अपिल गरे ।