५ मंसिर , सिरहा । सिरहाको भगवानपुर गाउँपालिका ३ नरहास्थित हुलाकी सडकको उत्तरपट्टि सात परिवार मलिक (डोम) को बस्ती छ । धुलाम्य सडकको छेउमा लहरै फुसका छाप्रामा कष्टपूर्ण जिन्दगी बिताउँदै आएको मलिक बस्तीमा आसन्न चुनावको रौनक छैन । नागरिक दैनिकमा समाचार छ ।
सँगुर पाल्ने, बाँसका सामग्री बनाएर बेच्नेबाहेक यो समुदायसँग जीवन धान्ने अर्को विकल्प छैन । एलानी जमिनमा छाप्रोको ओत लागेर घामपानी छलेर जीवन काट्दै आएका यो बस्तीमा प्यास मेटाउन एकथान चापाकल धसाइएको छ । तर, यो चापाकलले पनि शुद्ध पानी फ्याँक्दैन, पानी तान्दा बालुवा मिसिएर आउँछ । ‘चुनाव त धनीहरूलाई लाग्छ ।
हामी गरिब कमजोर मतदातालाई भरोसा बाँड्छन, बलियालाई पैसा छ । हामीसँग त धम्क्याएरै भोट लिन्छन् ।’ एक त गरिबी, त्यसमाथि शिक्षा र चेतना अभाव । अभावमा बाँचेको यो समुदायको भोटले धेरै नेताको जिन्दगी फेरियो तर उनीहरूको अवस्था उस्तै दयनीय छ । अहिले चारैतिर चुनावी चहलपहल छ । ‘यस बस्तीमा कत्तिको चुनाव लागेको छ ?’ जिज्ञासा राख्दा बस्तीकी बजुनदेवी मलिक एकछिन चुप लागिन् । एकछिन घोरिएपछि उनले भनिन्, ‘केको चुनाव लाग्नु, चुनाव त धनीहरूलाई लाग्छ । हामी गरिब कमजोर मतदातालाई भरोसा बाँड्छन, बलियालाई पैसा छ । हामीसँग त धम्क्याएरै भोट लिन्छन् ।’ उनले चुनावी अनुभूति सुनाइन्, ‘एलानीमा बस्ने हामी गरिबसँग नेतासँग दोहोरो बोल्ने साहस हुन्न ।’