५ मंसिर, काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको चुनाव १० मंसिरमा र दोस्रो चरणको चुनाव २१ मंसिरमा हुँदैछ ।निर्वाचन सामाग्री पुर्याउने, जनशक्ति व्यवस्थापन गर्ने लगायतका सबै काम पूरा भइसकेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । यससँगै २१ मंसिरको चुनावको लागि तयारी पनि अन्तिम चरणमा पुगेको उनले बताए । पहिलो चरणमा ३२ जिल्ला चुनाव हुँदैछ ।
२०७४ साल मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न हुने ३२ जिल्लाहरु :
प्रदेश नं १ : सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ,
प्रदेश नं ३ : नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप,
प्रदेश नं ४ : मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा,
प्रदेश नं ५ : रूकुम (पूर्वी भाग) र रोल्पा,
प्रदेश नं ६ : रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा,
प्रदेश नं. ७ : दार्चुला, बझाङ, बाजुरा र बैतडी ।