विप्लवका नवलपरासी जिल्ला इञ्चार्ज जुझारू पक्राउ ।

0
443

५ मंसिर, नवलपरासी । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नवलपरासी जिल्ला इञ्चार्ज पदम केसी जुझारूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।गैंडाकोट नगरपालिका १३ निवासी केसीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले सुनवल नगरपालिका ११ भुमहीबाट नियन्त्रणामा लिएको हो । यस्तै बर्दघाट नगरपालिका ४ बस्ने बर्दघाट नगर कमिटी सदस्य मोहन सापकोटालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । यसैबीच नेकपा केन्द्रीय सदस्य एवम् किसान संगठनका नवलपरासी जिल्ला अध्यक्ष यम प्रसाद ढकाललगायतले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।