५ मंसिर पोखरा । प्रदेश नम्बर ४ मा प्रदेशसभातर्फ समानुपातिकको २४ सिटका लागि २० दलका ३ सय १९ उम्मेदवार निर्वाचन आयोगको अन्तिम बन्द सूचीमा परेका छन् । मंसिर १० र २१ गते २ चरणमा हुन लागेको निर्वाचनमा दलहरुले बुझाएको सूचीका उम्मेदवारको छानबिन गरी आयोगले प्रदेशसभातर्फ मुलुकभर ३ हजार ५ सय ६५ जना उम्मेदवारको अन्तिम सूची कायम गरेको छ । प्रदेश नम्बर ४ को प्रदेश सभामा प्रत्यक्षतर्फ ३६ र समानुपातिकबाट २४ गरी ६० जनाको प्रतिनिधित्व रहने छ ।