मंसिर ५, पोखरा । साहित्यकार सरुभक्तलाई मातृ शोक परेको छ । उनी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कूलपति पनि हुन् ।
उनकी ८२ वर्षीया आमा लक्ष्मीमाया श्रेष्ठको उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो ।
उनी मुटुरोग र निमोनियाबाट ग्रस्त थिइन् । लक्ष्मीमायाका सरुभक्तसहित ६ छोरा र दुई छोरी छन् ।