बिकास र रोजगारलाई प्राथमिकता दिन्छु : अर्थ राज्य मन्त्री राणा

0
507

मंसिर ५ ,ललितपुर,अर्थ राज्यमन्त्री एवं लोकतान्त्रिक गठबन्धनबाट ललितपुर निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार उदयशम्शेर राणाले विकास र रोगजारी आफ्नो पहिलो प्राथमिकता भएको बताका छन् ।

आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा प्रचारप्रसारको क्रममा आज गोदावरीको घरदैलो कार्यक्रममा बोल्दै उनले चुनावपछि देश आर्थिक समृद्धितर्फ अग्रसर हुने बताए ।
जनताले चाहेका विकास र रोजगारी प्राथमिकतामा राखिने उनको प्रतिबद्धता थियोे । दोस्रो संविधानसभामा यस क्षेत्रबाट निर्वाचित भएर विकासका धेरै काम गरिसकेको स्मरण गर्दै उनले त्यसलाई निरन्तरता दिने बताए ।