नेताका चिप्ला भाषण , आश्वासन बाड्दै नेताहरु घरघरमा ।

0
545

मिना कंडेल , ६ मंसिर , नवलपुर ।

आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको रौनक सहरदेखि गाँउसम्म छाएको छ । अघिल्ला निर्बाचनमा जस्तैैं यस पटक पनि उम्मेदवारहरु स्वास्थ्य, शिक्षा, रोजगारी, सडक विस्तार र कृषिलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । तर मतदाताले भने अझै उम्मेदवारका आश्वासनमा विश्वास गर्न सकेका छैनन् । उम्मेदवारले चुनाव प्रचारका क्रममा मतदाताको ध्यान आफूतिर तान्न खरो भाषण गर्ने कुरा नौलो होइन । विपक्षीको जरै उखेल्ने गरी विरोधको भाषण र आफ्नो जित पछि आफ्नो क्षेत्रमा विकासको मुल फुटाउने घोषणा गर्ने उम्मेदवारको यतिखेर कमी छैन । २०४८ सालदेखिका निर्वाचनमा आउने हरेक उम्मेदवारले स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सडक विस्तार र कृषिमा सहयोगको आश्वासन दिँदै आएका छन् ।

तर चुनावी नारामा पर्ने स्थानीयका एजेन्डा अहिलेसम्म सम्बोधन भने नभएको स्थानीयहरुको गुनासो रहेको छ। निर्वाचनको समय नजिकिदै जादा उम्मेद्धारहरु विभिन्न एजेण्डा सहित स्थानियको घरखेत सम्म पुग्ने गरेका छन । कतिपयले मत आफनो पक्ष्ाँमा ल्याउनका लागि खेतवारिमा गएर धान काट्ने, गाउघरमा गइ गाइ दुहुने लगाएतका कार्य गरेका खवर पनि दिनहु आउने गरेका छन । तर सर्वसाधारणको समस्या भने उस्तै रहने गरेका छन ।पहाडि भेग साथै विगट ठाउका बासिन्दाले अझै पनि खोलाको दुषित पानी पिउन बाध्य छन् ।

माध्यमिक शिक्षा र सामान्य उपचारका लागि घन्टौंको दुरी तय गर्नुपर्ने बाध्यता छ । खानेपानी शिक्षा, स्वास्थ्यलगायत हरेक कुराबाट आफूहरु टाढै रहनुपर्ने बाध्यता रहेको देवचलि नगरपालिकाका स्थानीयवासि हरुको धारणा रहेको छ। भोट माग्ने बेलामा मात्रै आफूहरुले आश्वासन पाउने गरेको र त्यसपछि फर्केरसमेत नहेर्ने गरेको गुनासो स्थानीयको छ । राजनीतिक दलका उम्मेदवारहरुले निर्वाचनका बेला पूरा गर्न सक्ने बाचा तथा आश्वाषन मात्र गरे जनप्रतिनिधिप्रति मतदाताको विश्वास पनि बढ्ने देखिन्छ ।