६ मंसिर , इलाम । पूर्वप्रधानमन्त्री एवं इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालले वाम शक्तिबीचको एकता अब धर्तीको कुनै पनि ताकतले रोक्न नसक्ने बताएका छन्। इलामको माइजोगमाई गाउँपालिका–६ प्याङमा मंगलबार भएको कार्यक्रममा उनले वाम–गठबन्धनबाट अब पार्टी एकता हुन्छ भन्दै यसलाई धर्तीको कुनै पनि शक्तिले रोक्न नसक्ने बताए। पार्टी एकताको विषयमा विपक्षी पार्टीले नकारात्मक प्रचार गरेको आरोप पनि उनले लगाए। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि संविधान पूर्ण कार्यान्वयनमा आउने उल्लेख गर्दै उनले निर्वाचनपछि यस क्षेत्रको परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने बताए।