कात्तिकमा वीरगञ्जबाट लक्ष्यभन्दा ४ प्रतिशत कम राजश्व संकलन

0
306
मंसिर ७,काठमाडौं । वीरगञ्ज भन्सार कार्यालय कात्तिक महिनामा भन्सार विभागले दिएको लक्ष्य अनुसारको राजश्व असुल गर्न असफल भएको छ । कार्यालयले विभागले दिएको लक्ष्य भन्दा झण्डै ४ प्रतिशत कम राजश्व संकलन गरेको हो ।

कार्यालयले १० अर्ब ७५ करोड १३ लाख ९४ हजार लक्ष्य पाएकोमा लक्ष्यको ९६.६५ प्रतिशत अर्थात १० अर्ब ३९ करोड, १४ लाख ५ हजार रुपैयाँ मात्रै राजश्व संकलन गरेको हो ।

भन्सार कर तर्फ ३ अर्ब ८६ करोड ३१ लाख १६ हजार, मुल्य अभिवृद्धि कर तर्फ ३ अर्ब ९२ करोड २७ लाख ७३ हजार, अन्त शुल्क तर्फ १ अर्ब ८८ करोड, १२ लाख ४७ हजार, पूर्वाधार कर तर्फ ५० करोड ९४लाख ९५ हजार र अन्य मालबस्तुबाट २१ करोड ४७ लाख ७४ हजार राजश्व संकलन भएको छ ।

कार्यालयले दिएको तथ्याङक अनुसार अन्त शुल्कमा लक्ष्यभन्दा २८ प्रतिशत बढी राजश्व संकलन भएपनि अन्य कर लक्ष्य भन्दा १५ प्रतिशत नै कम संकलन भएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत सन्तोष यादवले चाडवाड परेकोले भन्सार कार्यालय बन्द भएका लक्ष्य भेट्टाउन मुश्किल परेको बताए ।