मतदाता शिक्षा नपाएको नवलपुरका स्थानियको गुनासो,निर्वाचन अधिकृत भन्छन् समय अझै बाँकी छ आत्तिनु पर्दैन ।

0
368

मिना कंडेल मंसिर ७ नवलपुर,आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो चरणको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रमलाइ तिव्रता दिइएको छ। सदर मतमा वृद्धि र बदर मतमा कमि गराउनका लागि देशैभर मतदाता शिक्षालाई प्राथमिकता दिइएको छ। तर कतिपय स्थानका स्थानियवासिहरुले भने मतदाता शिक्षा नपाएको गुनासो गरिरहेका छन। कहिले मत खसाल्ने अनि कति ठाउमा मत खसाल्ने भन्ने वारेमा थाहा नभएको गुनासो आइरहेको समयमा निर्वाचन अधिकृत भेषराज घिमिरेले समय अझै वाकि रहेकाले बाँकी रहेका स्थानहरुमा छिट्टै निर्वाचनका सामाग्री सहित पुग्ने विश्वास  ब्यक्त गर्नु भएको छ।

निर्वाचन आयोगले शिक्षक शिक्षीकालाइ वढि खटाएको र उनिहरुलाइ विदा नदिएकाले निर्वाचनका सामाग्री आउन ढिलाइ भएकाले घिमिरेको भनाई छ । गाउघरमा मतदाता शिक्षा पुग्न नसकेको र सर्वसाधारणको गुनासो आएको निर्वाचन कार्यालयले जनाएको छ। त्यस्तै वर्दघाट सुस्ता पुर्व नवलपुरमा मतदाताहरुलाइ आवश्यकपर्ने हाते पुस्तीका, मतदाताले वाम्वार सोधिने प्रश्नको जवाफ भएको संगालो, विभिन्न प्रकारका पोष्टर, फ्लिप चार्ट, लगायतका सामाग्री निर्वाचन आयोगमा आइसकेको पनि घिमिरेले जानकारि दिएका छन । आफुले दिएको प्रशिक्षणवाट मतदाता सामु कतिको प्रभावकारि रहेको छ भन्ने वारेमा अनुगमन भइरहेको पनि अधिकृत घिमिरेले वताएका छन। साथै शतप्रतिशत रुपमा सदर मत नभएपनि वदर मतको संख्यामा कमि आउने अधिकृत घिमिरेले वताए।