मंसिर ७ काठमाण्डौं । फिफा बिश्व बरियतामा नेपाल ६ स्थान माथि चढेर १७०औं स्थानमा पुगेको छ । नोभेम्बर महिनामा भएका खेलहरुमा नेपालले गरेको प्रदर्शनका आधारमा नेपाल माथि चढेको हो । क्रमश पहिलो,दोस्रो र तेस्रो स्थानमा जर्मनी,ब्राजिल र पोर्चुगल रहेका छन् । इरान अष्ट्रेलिया र जापान एसियाली मुलुकहरुको सुचिमा क्रमश पहिलो दोस्रो र तेस्रो स्थानमा रहेका छन् । दक्षिण एसियाली देशहरुमा भारत १०६ औं नम्बरमा रहेको छ । अफगानीस्तान सातौ स्थान माथि चढ्दै १४७औं स्थानमा आइपुगेको छ भने माल्दिभ्स एक स्थान तल झर्दै १५७औं स्थानमा पुगेको छ भने भुटान ५ स्थान अघि बढ्दै १५८औं स्थानमा उक्लिएको छ ।