बहुराष्ट्रवादको बिबादमा राजपा,पार्टी फुट नजिक ।

0
978

काठमाडौं, मंसिर ८ – चुनावी घोषणापत्रमा उल्लेखित बहुराष्ट्रवादको विषयले राष्ट्रिय जनता पार्टीभित्र चर्को विवाद निम्त्याएको छ । राजपाले बिहीबार महोत्तरीमा सार्वजनिक गरेको घोषणापत्रमा उल्लेखित नेपाल एक बहुराष्ट्रिय देश हो’ भन्ने प्रस्तावनाका विषयमा राजपाभित्र विवाद भएको हो ।
६ वटा दल मिलेर बनेको राजपाकोे घोषणापत्र शीर्ष नेताहरुबिच छलफलसमेत नभई सार्वजनिक गरिएको र मुख्य गरी महन्थ ठाकुरले आफ्नो खुसीमा बहुराष्ट्रवादको कुरा समेटेको राजपाका दोश्रो पुस्ताका एक प्रभावशाली नेताले आरोप लगाएका छन् । चुनावको मुखमा यस्तो विवादास्पद कुरा कसरी घुस्यो भन्ने राजपाका शीर्ष नेतालाई पनि थाहा नभएको उनको भनाई छ । नाम उल्लेख नगर्ने सर्तमा ती नेताले दावी गरे, ‘शीर्ष नेताहरुमध्ये ठाकुर र राजेन्द्र महतोको मात्र त्यो प्रस्तावनामा समर्थन छ ।’
घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा बाँकी शीर्ष नेताहरु शरतसिंह भण्डारी, अनिल कुमार झा, महेन्द्र यादवलगायत नेता उपस्थित नहुनुको मुख्य कारण पनि त्यहि रहेको उनले दावी गरे । ठाकुरले कसैसँग छलफल नगरी घोषणापत्र तयार पारेको उनको आरोप छ ।
घोषणापत्रमा बहुराष्ट्रवादबारे यस्तो लेखिएको छ .