उधोगमन्त्री थापालाई लक्षित गरि धनकुटामा बम प्रहार

0
352

मंसिर ८, धनकुटा । उद्योग मन्त्री सुनिलबहादुर थापालाई लक्षित गरी शुक्रबार बिहान बम विष्फोट गराइएको छ । धनकुटाको छिन्ताङ शहिद भूमी गाउँपालिकामा अज्ञात समूहले थापालाई लक्षित गर्दै बम विष्फोट गराएको हो ।

बम विष्फोट भएको ठाउँबाट करिब २ सय मिटरको दुरीमा मन्त्री थापा थिए । घटनामा कुनै क्षति भने नभएको प्रहरी निरीक्षक आमोद खेरवारले जानकारी दिए ।