मन्त्री विक्रम पाण्डेद्वारा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

0
611

मंसिर ८,चितवन – चितवन क्षेत्र नम्बर ३ बाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

चितवन क्षेत्र नम्बर ३ समृृद्ध बनाउने अभियान लोकतान्त्रिक गठबन्धनलाई ‘अमूल्य मतदान’ भन्ने नाराका साथ सोही क्षेत्रका प्रदेशसभा सदस्य दिनेश कोइराला र साजनकुमार महतोको समेत प्रतिबद्धता रहने गरी १८ बँुदे साझा प्रतिबद्धता सार्वजनिक गरिएको हो ।

प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विद्युत्, सिँचाइ तथा कृषि, तटबन्ध, युवा तथा रोजगार, पार्क उद्यान, सामाजिक सेवा तथा सुरक्षा समावेश रहेका छन् ।

त्यसैगरी सुकुम्बासी समस्या, दलित, जनजाति तथा आदिवासी, महिला, एकल महिला तथा बालबालिका, सहकारी, पर्यटन, संस्कृति, मठमन्दिर, तालतलैया, उद्योग व्यवसाय र पुलपुलेसा शीर्षकमा प्रतिबद्धता सार्वजनिक गरिएको छ ।

वनमन्त्री पाण्डेले आफू यसअघि निर्वाचन क्षेत्र नं र ५ बाट र क्षेत्र नं ४ बाट नेपाली काँग्रेसका तर्फबाट विजयी भएपछि रामकृष्ण घिमिरेले गरेका विकास निर्माणका विवरण समेत प्रतिबद्धता पत्रमा सार्वजनिक गरिएको छ ।

क्षेत्र नं ३ मा सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने, रामपुरमा त्रिभुवन विश्वविद्यालयको इञ्जिनियरिङ कलेज स्थापना गर्ने प्रतिबद्धता पत्रमा जनाइएको छ । समग्र चितवनलाई ‘मेडिकल सिटी’को रुपमा स्थापना गर्ने, शिवनगरमा ५१ श्ययाको अस्पताल, माडीको बघौडा अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउने उल्लेख छ ।