सरकारले निर्वाचन आचारसंहिता पालना गरेन् पर्यवेक्षकहरुको ठहर

0
593

मंसिर ८, काठमाडौं– निर्वाचन पर्यवेक्षकहरुले सरकार आफैंले निर्वाचन आचारसंहिता पालना नगरेको आरोप लगाएका छन् ।  राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ र आम निर्वाचन पर्यवेक्षण समिति जियोकका अध्यक्ष हिमालय शमशेर राणाले सरकारले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था गर्न नसकेको पनि बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनिहरुले स्थानीय तहको निर्वाचनमा जस्तै प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पनि निर्वाचन आयोग सरकारसामू निरिह देखिएको बताए ।
प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि देशभर करिव ४५ हजार ५ सय पर्यवेक्षकहरु परिचालन गरिएको छ ।

निर्वाचनको पर्यवेक्षणका लागि पर्यवेक्षण कल सेन्टरको समेत स्थापना गरिएको छ ।