तपाँइलाई थाहा छ, ‘मिस वल्र्ड’ बन्ने सुन्दरीले कति कमाउँछन् ?

0
444

मंसिर ८,काठमाडौं । तपाँइलाई थाहा छ, ‘मिस वर्ल्ड’ बन्ने सुन्दरीले कति कमाउँछन् ? यो ‘मिस वर्ल्ड’ प्रतियोगिताको उपाधि चुम्नका लागि विश्वभरिका सुन्दरीहरुले निकै मेहनत गर्ने गर्छन् । तर, यस मानेमा तपाईंलाई थाहा छैन की त्यस मेहनतको मूल्य कति हुन्छ ?

हामीले ‘मिस वर्ल्ड’को ताज जित्ने विश्व सुन्दरीले पाउने पुरस्कारको कुरा गरिरहेका छौं । विदेशी मिडियाहरुको रिपोर्टलाई मान्ने हो भने ‘मिस वर्ल्ड’को ताजको मूल्य मात्र ५ देखि ८ करोडसम्मको हुन्छ। यसबाहेक उपाधि जित्ने युवतीले राम्रो धनराशी पाउने गरेका छन्। उपाधि जित्ने सुन्दरीले १६ करोड रुपैयाँसम्म कमाउने गरेका छन्।

संसारकै सुन्दरीको उपाधि जितेबापत युवतीहरुले करौडौं रुपैयाँ कमाउने गरेका छन् । ‘मिस वर्ल्ड’ भएपछि ठूलो ब्रान्डको प्रायोजनबाट हुने कमाइ छुट्टै हुन्छ।

ताज र पैसाबाहेक पनि उनीहरुलाई ट्राभल अलाउन्सको सुविधा हुन्छ। जसका कारण उनीहरु एक वर्षसम्म विश्व भ्रमण गर्ने गर्छन्। यसका लागि उनीहरुले कुनै पनि हवाइजहाजमा आफूले पैसा खर्च गर्नु पर्दैन।