‘विप्लव’ का दाई काठमाण्डौंबाट पक्राउ

0
1064

मंसिर ८,काठमाडौं । काठमाडौँबाट नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ का दाई चन्द्र बहादुर चन्द पक्राउ परेको छ । पार्टीका लुम्बिनी व्यूरोको इन्चार्ज समेत रहेका उनि पक्राउ परेको  पार्टीले पुष्टि गरेका छन् ।

छोराको उपचारका लागि काठमाडौं आएका बेला प्रहरीले उनलाई पक्राउ गरेको पार्टीले जानकारी दिए।

चुनाव विरोधी गतिविधिमा लागेका  भन्दै प्रहरीले उनीहरुलाई देशका विभिन्न भागहरुबाट पक्राउ गरिरहेका छन्।

देशका विभिन्न भागमा भएका बम विस्फोटमा नेकपाको हात रहेको प्रहरीको आरोप छ  । तर, पार्टीले भने अझै सम्म त्यसको जिम्मेवारी लिएका छैनन्।