कांग्रेसका पुराना नेता सापकोटाको उपचारको क्रममा निधन

0
363

मंसिर ८,चितवन । न्यून रक्तचापबाट पीडित नेपाली कांग्रेसका पुराना नेता दधिराम सापकोटाको निधन भएको छ। रक्तचापबाट पीडित ९३ वर्षीय सापकोटाको उपचारका क्रममा शुक्रबार बिहान चितवन मेडिकल कलेजमा निधन भएको हो।

सापकोटाको श्रीमती, तीन छोरा र दुई छोरी छन्। छोरा केशवभक्त सापकोटा र बुहारी इन्द्रकुमारी सापकोटा कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्।

कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सापकोटाको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली दिँदै उनको निधनले राष्ट्रलाई र कांग्रेसलाई अतुलनीय क्षति पुगेको बताए।