९ मंसिर , काठमान्डौँ । मंसिर १० र २१ गते हुने निर्वाचनबाट ३ सय ३० जना प्रदेशसभा सदस्इ प्रतक्ष्य निर्वाचनबाट चुनिनेछन् । त्यसपछि समानुपातिकबाट २ सय २० सदस्य गरी प्रदेशसभाको सदस्य ५ सय २० हुनेछ । नेपाल समाचारपत्रमा समाचार छ ।
प्रदेशसभाको निर्वाचन भएपछि ३० दिनभित्र सातवटै प्रदेशमा प्रदेशसभा बस्नुपर्ने व्यवस्था छ । नेपालले पहिलोपटक अध्यास गर्न लागेको प्रदेशसभाले कहाँ, कुन ठाउँमा राख्ने, कसले शपथ खुवाउने भन्नेबारे अहिलेसम्म टुंगो लागेको छैन ।
सरकारले प्रदेशसभालाई बेवास्ता गरेको पाइएको छ । कानून, न्याय तथा संसदीय व्यवस्थ मन्त्रालयका अनुसार निर्वाचनअघि प्रदेश प्रमुखको नियुक्त हुने सम्भावना छैन ।
संविधानमा नेपाल सरकारको प्रतिनिधिका रुपमा सातवटै प्रदेशमा प्रदेश प्रमुख रहने व्यवस्था रहेको छ ।