इजिप्टमा आतंककारी आक्रमण मृत्यु हुनेको संख्या २३५ पुग्यो, १०० घाइते ।

0
390


शुक्रबार हुने नियमित प्रार्थनाका लागि मस्जिदमा मानिस जम्मा भएको समयमा आक्रमण हुँदा धेरै सर्वसाधारणको हताहती भएको हो । आधुनिक इजिप्टको इतिहासमा यो आक्रमण सबैभन्दा धेरै मानिसको ज्यान जाने गरी भएको आक्रमण हो । सन् २०१३ मा इजिप्टसहितका क्षेत्रमा सुरु भएको इस्लामिक बिद्रोहयता भएको हो ठूलो आक्रमण हो । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएका छैनन् । तर इस्लामिक स्टेट (आइएस) सम्बद्ध लडाकुले आक्रमण गरेको हुन सक्ने जनाइएको छ । ४० जना भन्दा बढीको समूहमा आएका आक्रमणकारीले मस्जिदमा नमाज पढिरहेका नागरिकलाई लक्षित गरी बम विस्फोट गराउनुका साथै अन्धाधुन्ध गोली चलाएका हुन् ।इजिप्टको सरकारी टेलिभिजनका अनुसार घटनामा एक सय ३० जना घाइते भएका छन् । यसैबिच इजिप्टका राष्ट्रपति अब्दुल फतह अल–सिसीले सिनाईको मस्जिदमा भएको आक्रमणको बदला लिएरै छोड्ने घोषणा गरेका छन । राष्ट्रपति अल–सिसीले आक्रमणले आफ्नो देश र नागरिकलाई आतंकवाद विरुद्धको अभियान कमजोर नभइ थप मजबुद बनाएको उनले बताए । सुरक्षा अधिकारीसँगको कुराकानीपछि उनले घटनामा संलग्नलाई कुनै पनि हालतमा नछोडिने बताएका छन ।