महिला हिंसा विरुद्धको १६ दिने अभियान शुरु ।

0
936

९ मंसिर , काठमाडौं । ‘लैगिंक हिंसा अन्त्यका लागि सबै जुटौँ कोही नछुटौँ’ भन्ने नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने अभियानमा महिला, बालिबालिका तथा समाजकल्याण मन्त्रालयसहित विभिन्न गैरसरकारी संस्थाको सहभागितामा चेतनामुलक कार्यक्रम हुने गरेका छन् । महिला हिंसा विरुद्धका कार्यक्रम भैरहे पनि हिंसाका घटना भने रोकिएको छैन । महिला आफ्नै अभिभावक, श्रीमान र समाजबाट पीडित हुने गरेका घटना सार्वजनिक भैरहेका छन् ।