मङ्सिर ९,प्युठान -संविधानसभाबाट संविधान हामिले प्राप्त गरिसकेका छौँ । प्युठान , अझ भनौं सम्पुर्ण देशले अबको ५ वर्षमा विकाश खोजेको छ। अब आउँदै गरेको चुनावको माहोल तात्दै गएको छ। जो नेताले जे जे कुरा गरेतापनि, हामी प्युठानवासी जनता नेताका भोगी होइनौं , अझ भनौं हामीले नेता धेरै जन्मायौं, उहाँहरुले विगतमा धेरै गर्न खोज्नुभएको थियो होला। तर कहिले केन्द्रमा पहुंच नपुगेका कारणले त कहिले नेतृत्वको दृढ इच्छाशक्तिका कमिको कारणले हामी महेन्द्र राजमार्गसंग अतिनै नजिक र विकास गर्न सकिने धेरै ठाँउ हुँदा हुँदै पनि पछि पर्यौं ।हालसम्मपनि जिल्लाको सदरमुकाम जोड्ने मुख्य राजमार्ग बाहेक अरु सडक कालोपत्रे हुन नसक्नु, हाम्रा खेतीयोग्य भूभाग सधैं बर्खामा बाढिको चपेटामा पर्नु , जिल्लाका धेरै घरधुरि अझै अध्यारोमै बस्न बाध्य हुनु, हाम्रा धेरै दिदिबहिनी तथा दाजुभाइहरु खाडी देशमा जान बाध्य हुनु , खानेपानी तथा सिचाइबाट धेरै जनता विमुख हुनु , हाम्रा सिक्षित जनशक्ति वेरोजगार हुनु र सधैं केन्द्रले हेलाको दृस्टीले हेरेको भान हुनुले हामी सबैको आजको यथार्थ देखाउंछ ।
हाम्रा धेरै नदिमा पुलको अभावले आवतजावतमा समस्या हुनु र हामीले आफ्नो जिन्दगीभरको कमाइले जोडेका जग्गा कुनै पुर्वाधारको विकासको कमिले कौडिको भाउमा बिक्रि गर्नुपर्ने बध्यता रहेको यथार्थ हामी सबै प्युठानीमा छ। एउटा बिजुली स्कुलमा पढेको प्युठानको छोरो , जसले आफ्नो बौद्धिकता बिस्वको जुनसुकै कुनामा देखाएर राम्रो कमाई गर्न सक्नुहुन्थयो , जसलाई राष्ट्रले मात्र हैन विस्वले चिन्दछ , जसले रास्ट्रिय योजना आयोगको उपाध्यक्ष , पुनर्निर्माण प्रधिकरण र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको प्रमुख , इन्जिनियरिङ अध्ययन संस्थान (थापाथली क्यम्पस) को क्याम्पस प्रमुख र अरु उच्च पदमा आफ्नो दखल देखाउनुभएको छ , हो त्यही प्युठानको छोरो जो अहिले प्रोफेसर र डाक्टर हुनुभएको छ , आज हाम्रो माझ आउनुभएको छ। प्रा.डा.गोविन्दराज पोखरेल प्युठानको प्रतिनिधिसभा सदस्यको चुनावका लागि हामीमाझ हुनुहुन्छ , उहाँले प्युठानका लागि गरेका कामको फेहरिस्त लामो छ ।
हामीले आफ्नो गाउँ ठाँउमा भएका कति काम उहाँको पहलमा भएका छन् त्यो बुझ्न सक्छौं । राजनितिमा नहोमिदै , एउटा व्यक्तीले आफ्नो जन्मभूमिका लागि सेवाको भावनाले गर्न सक्ने जति काम उहाँबाट भएका छन् । हामीलाई अब यो पार्टी त्यो पार्टी होइन , विकाश चाहिएको छ । एउटा व्यक्ती जसको पहुँच राष्ट्रिय तहमा मात्र हैन , अन्तर्राष्ट्रिय तहमा छ , उसले चाह्यो भने प्युठानको कायापलट हुन सक्छ , तर हामी प्युठानीले हाम्रो गाउँ , ठाउको विकासको जिम्मा कसलाई दिने हो अब निक्र्योल गर्नुपर्ने बेला आएको छ । कुनै गठबन्धनको नाममा र कसैको पत्नी भएको नाममा कसैलाई नेता बनाउने हो कि , हामिले सक्षमको हातमा आफ्नो नेतृत्व सुम्पने हो अब बुझ्ने बेला भएको छ । जो व्यक्ति जसको दलको केन्द्रमा पहुँच शून्य छ , जसको सधैंको केन्द्रसँगको पहुँचको कमिले हामी पछि पर्यौं अब आजपनि हामिले आँखा खोलेनौं भने कहिले खोल्ने?? हामीले आफ्नो अमुल्य मत कसलाई दिने सोच्नुपर्ने बेला आएको छ । गोविन्द पोखरेल त्यस्ता व्यक्ती हुनुहुन्छ , जो संग प्युठानको विकाशको खाका छ । हाम्रा धेरै बेरोजगार युवायुवतीको रोजगारिको अवसर सृजना गर्न सक्ने क्षमता छ , हाम्रा धेरै घरधुरीमा उज्यालो ल्याउन सक्ने क्षमता छ (स्मरण रहोस् , रजवारा र खवांगका दुई सब स्टेशनको योजना स्वीकृत भइसकेको छ ), सिचाइ र खनेपानीको अझ धेरै विकास र सुनिश्चितताकोपुर्ती गर्न सक्ने आधार छ , बाटोघाटोको विकास र स्तरोन्नति र पक्की पुलहरुको नयाँ योजनाको आधार छ भने , प्राविधिक शिक्षालय , युवा युवतीको शिक्षाको सुनिश्चितता र धार्मिक पर्यटनको विकासको खाका र योजना छ ।
प्रा.डा. गोविन्दराज पोखरेलको भारत, चीन , एसियायी विकाश ब्याङ्क , अमेरिका , डेन्मार्क , नर्वे , स्वित्जरल्यान्ड , विस्व ब्याङ्क , जर्मनी , युरोपियन युनियन , UN , USAID, UNDP , जापान , कोरिया लगायत सम्पुर्ण बिस्व शक्तीसंग सुमधुर सम्बन्ध रहेको सत्य लुकाएर पनि लुकाउन सकिदैन । अब हामीले विकास रोज्ने कि अझ ५ वर्ष कुनै वादको नाममा पछि पर्ने हो त्यसको छिनोफानो गर्नुपर्ने बेला आएको छ । समृद्ध प्युठानका परिकल्पनाकार प्रा.डा.गोविन्दराज पोखरेललाई रुख चिन्ह(हरियो मतपत्र) मा मतदान गरि विजय गराउनुहुन सम्पुर्ण प्युठानी जनतामा हार्दिक अपिल गर्दछु । प्युठानको समृद्धी हाम्रो साझा चाहना ।
प्युठानवासी (ई.प्रवीण आचार्य ) बिचारबाट साभार
जय प्युठान
जय प्युठानी जनता।