उदय सम्शेर र नवराज सिलवाललाई यसरी दिदैछन् योगेन्द्र घिंिसङले टक्कर

0
1603

मंसिर ९,काठमाण्डौं – पूर्व माओवादी सभासद् योगेन्द्र घिंिसङले माओवादी केन्द्र परित्याग गर्दै नेपाल संघिय समाजवादी पार्टीबाट ललितपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएर बाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारलाई कडा टक्कर दिएका छन् ।
स्थानिय स्तरमा बलियो आधार भएका घिंिसङले उम्मेदवारी दिएपछि बाम गठबन्धनका उम्मेदवार नवराज सिलवाल र नेपाली कांग्रेसका उम्मेदवार उदय सम्शेर जबरालाई झन चुनौती थपिएको छ । घिंिसङ माओवादी यूद्धका क्रममा गोली लागि घाइते भएका थिए । त्यसपछि लामो समय हिरासतमा बिताएका घिंिसङलाई माओवादी भित्र ज्यूदो शहिदको रुपमा पनि चिनिन्थे । तर पछिल्लो समय सांसद पदबाट समेत राजिनामा दिएर माओवादी पार्टी परित्याग गर्दै घिंिसङ रिजवान अन्सारी नेतृत्वको नेपाल संघिय समाजवादी पार्टीका महासचिव बनेका छन् । विद्यार्थी काल देखिनै मेहनती, प्रतिभावान र उत्कृष्ट बिद्यार्थी रहेका घिंिसङले ललितपुर क्षेत्र नम्बर १ का जनताले आफूलाई धेरै माया गर्ने भएकाले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् । जनताले आफूलाई विजयी गराए सुन्दर सम्बृद्ध ललितपुर बनाएरै छाड्ने घिसिङको योजना छ । आर्थिक, शैक्षिक विकास र स्वाभिमानका लागि सांस्कृतिक आन्दोलन आफ्नो भावी कार्ययोजना रहेकोे घिसिङको भनाई छ ।