प्रमुख दलका नेताहरुको मतदान- सिन्धुपाल्चोक, ताप्लेजुङ, गोरखा, रोल्पा, रुकुममा तिब्र प्रतिष्पर्धा

0
384

मंसिर १०,काठमाण्डौं – प्रदेश र प्रतिनिधिसभाको पहिलो चरण अन्तर्गतका ३२ जिल्लामा मतदान जारी छ । विभिन्न राजनीतिक दलका उम्मेद्वारहरु समेत मतदानमा सहभागी भएका छन् । पहिलो चरणको निर्वाचनमा सहभागी हाइप्रोफाइल नेता तथा उम्मेदवारहरुले पनि आ–आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले गोरखाबाट मतदान गरेका छन् । गोरखा–२ को प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका भट्टराईले मतदान केन्द्र पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि, खोप्लाङमा मतदान गरे । भट्टराईसँग चुनावी प्रतिष्पर्धामा रहेका माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि सिरानचोक गाउँपालिका वडा नम्बर ८ जौबारी मतदान केन्द्रबाट मतदान गरेका छन् ।

त्यसैगरि एमाले सचिव योगेश भट्टराईले मैवाखोला गाउँपालिका–३ नारायणी उमावि केन्द्रबाट मतदान गरेका छन् । त्यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २ को महेन्द्रोदय उमावि केन्द्रबाट मतदान गरेका छन् । त्यसैगरि पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा रुकुम मुसिकोट नगरपालिका–५ स्थित यमुनानन्दनमूना केन्द्रबाट मतदान गरेका छन् । गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार चीनकाजी श्रेष्ठले आरुघाट गाउँपालिकाको भीमोदय उमावि मतदान केन्द्रबाट मत दिएका छन्। ४ नम्बर प्रदेशका मुख्यमन्त्रीका दाबेदारका रुपमा हेरिएका गुरुङ लमजुङबाट प्रदेशसभा सदस्य उम्मेदवार छन् ।

उनले क्व्होलासोथार गाउँपालिका–९ स्थित बुद्धोदय माविको मतदान केन्द्रबाट मतदान गरेका छन् । यता नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक १ को चौतारा साँगाचोकगढी नगरपालिका ४ को पञ्चकन्या माध्यमिक विद्यालयबाट मतदान गरेका हुन् । रोल्पाबाट माओवादी केन्द्रका नेता वर्षमान पुनले समेत मतदान गरेका छन् ।