रुकुमको बाफिकोटमा मतपेटिकामा अकस्मात आगो लागेको देखिएपछि मतदान स्थगित

0
340

मंसिर १०,काठमाण्डौं – पूर्वी रुकुमको बाफिकोट गाउँपालिकास्थित रत्न माध्यामिक काँडाको मतदान रोकिएको छ । मतपेटिकामा अकस्मात आगो लागेको देखिएपछि मतदान केहीबेरका लागि स्थगित गरिएको छ । अवस्था सामान्य बनेपछि पुनः मतदान हुने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मतपेटिकामा एसिड हानेर भागेको बताइएको छ । त्यस पछि मतपेटिकामा आगो लागेको थियो । यसैबीच आठविसकोटमा बम विष्फोट भएको छ ।