नयाँशक्तिका कार्यकर्ता १ लाख नगद सहित पक्राउ

0
232

मंसिर १०,गोरखा । गोरखा–२ मा नयाँ शक्ति पार्टी नेपालका कार्यकर्तालाई चुनावी प्रचारका लागि प्रयोग गरिएको गाडी र नगद १ लाख रुपैया सहित प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँ शक्ति नेपालका कार्यकर्तालाई माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठको गाउँबाट नियन्त्रणमा लिइएको हो ।

कालो रङको ब्यागमा नगद १ लाख रुपैया गाडीभित्र लुकाएर बाँड्न ल्याएको अवस्थामा स्थानीयले नियन्त्रणमा लिइएको हो । ‘मौन अवधिमा पैसा बोकेर लगेका रहेछन्, बाँडेर फर्कंदै गर्दा एक लाख मात्रै पक्रन सफल भयौं, एक स्थानीयले भने  ।

निर्वाचन आचारसंहिता उलंघन गर्दै बाबुराम भट्टराईलाई बिजय गराउन पैसा बाँड्ने काम भएको हो । रातको १ बजे नियन्त्रणमा लिएका महेन्द्र बोलेरो पिकअप गाडीमा नगद का साथै प्रचार सामाग्री समेत फेला परेको थियो ।

पक्राउ पर्नेमा गाडीका चालक गोरखा नगरपालिका–११ का दीपेन्द्र सुनार, डिलमान गुरुङ र अम्बरबहादुर गुरुङ, गोरखा नगरपालिका–६ का भरतकुमार श्रेष्ठ र गोरखा–८ का खुशबहादुर थापा छन्।