चर्चमा युवतीमाथि जबरजस्ती गर्ने पक्राउ

0
562

मंसिर १०,काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौंडास्थित चर्चमा एक युवतीलाई हातपात तथा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पासीकोट बस्ने गोरखाकी युवतीलाई शनिबार बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौंडास्थित चर्चको शौचालयमा हातपात तथा जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका–८ भंगाल बस्ने नुवाकोटको थोपरेक–२ का २२ वर्षीय परिक्षण बिकलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

पछिल्लो समय चर्च तथा गुम्बाहरुमा अनैतिक कार्यहरु बढेर गएका छन् । गत साता आफुलाई धर्मगुरु मान्ने टुल्कु लामा बलात्कार काण्डमा दक्षिणकालीस्थित एक गुम्बाबाट पक्राउ परेका थिए ।

यसरी बलत्कारका घटनाहरु पछिल्लो समय चर्च तथा गुम्बाहरुमा बढेपछि समुदायमा एक प्रकारको सन्त्रास र आक्रोश फैलिएको छ । धर्मको आडमा चर्च र गुम्बाहरुलाई यौन क्रिडास्थलको रुपमा परिणत गर्ने व्यभिचारीहरुमाथि कारवाहीका साथै त्यस्ता चर्च र गुम्बाहरुमाथि सरकारले विशेष अनुगमन तथा निगरानी बढाउनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।