सिन्धुपाल्चोकमा अहिलेसम्म ६० प्रतिशत मतदान

0
217

मंसिर १०,काठमाडौं । प्रतिनिधि र प्रदेश सभाको पहिलो चरण अन्तर्गतको सिन्धुपाल्चोक जिल्लामा अहिलेसम्म ६० प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत दिपक खनालले जानकारी दिएका छन् ।

अहिले ३२ जिल्लामा केही मतदानस्थलमा छिटपुट घटना बाहेक अधिकांश स्थानमा शान्तिपूर्णरुपमा मतदान जारी रहेको छ । विहान ११ बजेसम्म २५ प्रतिशत मतदान भएको छ । प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा मतदान जारी रहेको हो ।