सवारी चालक अनुमतिपत्र सेवाग्राहीले १० महिनासम्ममा पनि हात पार्न मुस्किल

0
551

मंसिर ११ ,काठमाडौं । सवारी चालक अनुमतिपत्र वितरणमा सरकारको एकदमै  लापरवाही देखिएका  छन् । विभागमा लाइसेन्सको अभाव चर्किएकाले  १० महिनासम्ममा पनि सेवाग्राहीले लाइसेन्स  हात पार्न मुस्किल पर्छ ।

अहिले विभागसँग १५ हजार स्मार्ट लाइसेन्स छाप्ने कार्ड मात्र बाँकी छन् । तर, लाइसेन्स लिने प्रक्रिया पूरा गरेर प्रतीक्षामा रहेका सेवाग्रही दुई लाख नाघेका छन् ।

दिनहुँ  पाँच हजार सेवाग्राहीले लाइसेन्सको प्रक्रिया पूरा गर्छन् । तर, विभागले दिनमा मुस्किलले पाँच सय वटा कार्ड छाप्छ । विभागसँग पर्याप्त कार्ड ‘स्टक’ छैनन् र छाप्ने मेसिन पनि गतिला छैनन् । कार्ड छाप्ने चारमध्ये तीन वटा मेसिनले मात्रै जेनतेन काम गरिरहेको विभागका एक अधिकारी बताउँछन् ।

स्मार्ट लाइसेन्स वितरण शुरु भएको केही समयमै अभाव चर्किएको थियो । नियमित मागअनुसार आपूर्ति गर्न समयमै टेन्डर नगर्दा अहिले दुई लाख सेवाग्राही सबै प्रक्रिया पूरा गरेर पनि कार्ड लिन नपाएर समस्यामा छन् ।