कम्युष्टहरु सधैं हिंसाको बाटो तर्फ अग्रसर पौडेलको आरोप

0
402

मंसिर ११,काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनबाट देशमा अनिष्ट आउने दाबी गर्दै कम्युनिस्टहरु सधैँ हिंसाको बाटोतर्फ अग्रसर रहने अरोप लगाएका छन् । सोमबार तेह्रथुमको म्याङ्लुङमा आयोजित नेपाली काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले कम्युनिस्टहरु समस्या उब्जाउन मात्रै जान्ने तर समाधान गर्न नजान्ने भन्दै काँग्रेसले सधैँ समस्याको समाधान गरी विकासलाई अगाडि बढाउन भूमिका निर्वाह गर्दै आएको बताए ।

‘‘राजा महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए, वामपन्थीले पनि संसदीय व्यवस्था खोस्न खोजेका छन्, यो व्यवस्था कुनै पनि हालतमा खोसिँदैन”, वरिष्ठ नेता पौडेलले भने ।

वरिष्ठ नेता पौडेलले बहुदल भन्ने तर मुलुकमा एकदल लागू गर्न खाज्ने कम्युनिस्टहरुसँग अब नेपाली जनता नझुक्किने धारणा राखे । उनले संसदीय प्रणालीले विश्वका युरोप, जापान, भारतलगायतका मुलुकको विकास सम्भव भएको भन्दै यो व्यवस्थालाई रोज्न जनतालाई आग्रह गरे । नेपाली काँग्रेसले गरिबी, बेरोजगारी र अभावको अन्त्य गरी मुलुकलाई स्वावलम्बन बनाउन चाहेको वरिष्ठ नेता पौडेलको भनाइ थियो