सङ्खुवासभामा पेटिका अलपत्र

0
555

मंसिर ११,संखुवासभा ।सङ्खुवासभामा मौसममा आएको खरावीका कारण माथिल्लो भेगका मतपेटिका संकलन कार्य रोकिएको छ । भोटखोला, मकालु र सिलिचोङ गाउँपालिकाका ९ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउने भनिएपनि मौसमको खरावीको कारण मतपेटिका ल्याउन नसकिएको हो ।

अति दुर्गम क्षेत्रबाट सोमबार विहानै मतपेटिका हेलिकप्टरबाट ल्याउने तयारी गरिएको थियो । तर, पटक पटक ल्याउने प्रयास गरिएपनि मौसम धमिएकोले ‘भिजिबिलिटी’ नभएपछि हेलिकप्टर अवतरण गर्न नसकिएको प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

मतपेटिका ल्याउनको लागि मंगलबार बिहानबाटै प्रयास गरिने र उक्त दिनपनि हेलिकप्टरबाट ल्याउन नसके बैकल्पिक उपाय अपनाईने खड्का ले बताए । जम्मा एक सय ५३ मतदान केन्द्र मध्ये एक सय ४४ मतदान केन्द्रको मतपेटिका सङ्कलन भईसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

संकलित मतपेटिकाहरुलाई जिल्ला समन्वय समितिको हलमा उच्च सुरक्षा घेरामा राखिएको उनले बताए । १ लाख ५ हजार ८५ मतदाता रहेकोमा ६९ हजार १ सय मतदाताहरुले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाले जनाएको छ ।