हुन त भोट हालेर पनि के हुन्छ ?

0
1033

१२ मंसिर , दार्चुला । आइतबार भएको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भोट हाल्न नपाएकामा बझाङ जिल्ला बुँगल नगरपालिका १ गोइचनका स्थानीयले चिन्ता व्यक्त गरेका छन् । ‘हुन त भोट हालेर पनि के हुन्छ ? तर पनि गाउँमा सबैले भोट हाले । हामीलाई घर जान नपाएकोमा चिन्ता लागेको छ ।’ गोइचनकै अर्का स्थानीय नरबहादुर बोहोराले भने । कारोबार दैनिकमा समाचार छ ।

कार्तिक १५ पछि काम खोज्न बँुगल नगरपालिकाबाट २० जनाभन्दा बढी स्थानीय दार्चुला आएका हुन् । पहिलो चरणमा आइतबार भएको निर्वाचनका लागि नेपाल–भारत सीमा बन्द भएपछि उनीहरु शुक्रबारबाट काम नपाएर खाली बसेका छन् । बजारमा अझै चहलपहल नबढेकाले काम पनि नपाएको उनीहरुले बताएका छन् ।

‘दैनिक एक हजार १२ सयसम्म कमाई हुन्छ, २ सय रुपैयाँ खर्च हुन्छ । निर्वाचनको बेला काम नपाएर यता पनि खाली बसियो टाढा भएकाले भोट हाल्न पनि पाइएन । घर जाने सोत त हो तर घर जानलाई पनि खर्च थिएन’ बँुगलकै अर्का स्थानीय जगत बोहराले सुनाए ।