उपसचिवहरूको काज सरुवा तत्काल बदर गर्न गृह मन्त्रालयलाई निर्देशन ।

0
808

१२ मंसिर, काठमाडौं । निर्वाचन आयोगले ६ जना उपसचिवहरूको काज सरुवा तत्काल बदर गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।यसअघि गृह मन्त्रालयले निर्वाचन आचारसंहिताविपरित ६ जना उपसचिवहरुको काज सरुवा गरेको थियो । आयोगले सरुवा सम्बन्धी सक्कल कागजात मगाएर अध्ययन गरेको थियो । आयोगबाट सहमति नलिई सरुवा गरेको पाइएकाले अविलम्ब बदर गर्न निर्देशन दिइएको आयोगका प्रवक्ता एवम् सहसचिव नवराज ढकालले जानकारी दिए । मन्त्रालयबाट गरिएको उपसचिवको काज सरुवा अविलम्ब बदर नगरेमा आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३० आकर्षित हुन सक्ने व्यहोरासमेत मन्त्रालयलाई जानकारी गराउन पत्राचार गर्न भनिएको छ ।