सप्तरीको क्षेत्र नम्बर २ मा कडा प्रतिस्पर्धा हुदै

0
381

मंसिर १२,राजविराज । सप्तरी जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा अहिले चुनावी रौनक निकै बढेको छ ।  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य उमेश यादव तथा राजपाका पूर्व सहमहामन्त्री स्वतन्त्ररुपमा उम्मेदवारी दिएका जयप्रकाश ठाकुर चुनावी मैदान छन्।  यो क्षेत्रमा मधेश गठबन्धन र वाम गठबन्धन तथा स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएकाले कसले बाजी मार्ला भन्ने सबैको नजर सप्तरी क्षेत्र नं २ प्रति ध्यान गएको देखिएको छ ।

यता काँग्रेसका उम्मेदवार सकलदेव सुतिहारले भने मधेश गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गरेका छन् ।

करिब ७९ हजार २६३ मतदाता रहेको यस क्षेत्रमा फोरम–राजपाको चुनावी गठबन्धन र एमाले–माओवादीबीचको चुनावी तालमेललाई हेर्ने हो भने यी दुई गठबन्धनबीच नै अन्तिम प्रतिस्पर्धा हुने स्थानीय बुद्धिजीविको भनाइ रहेको छ