२०८३ भाद्र ४ गते बिहीबार
२०८३ भाद्र ४ गते बिहीबार

केपी खनालको धम्की- ‘जाक्दिन्छु अनि थाहा हुन्छ’, भिडिओ सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले आफ्नै मतदातालाई धाकधम्की दिएको भिडिओ सार्वजनिक भएको छ ।

कैलालीको लम्कीचुहा अस्पतालको विषयमा आयोजित छलफलका क्रममा सांसद खनालले प्रश्न उठाउने व्यक्तिलाई आक्रोशित हुँदै धम्कीपूर्ण अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएको हो । भिडिओ सार्वजनिक भएपछि सांसद खनालको चौतर्फी आलोचना भइरहेको छ ।

नागरिकका गुनासा र सुझाव सुन्न निर्वाचन क्षेत्रमा रहेका सांसद खनाल लम्कीचुहा अस्पतालको सेवा र समस्याबारे छलफलमा सहभागी भएका थिए । तर, सांसद खनाल नै छलफलमा आक्रोशित बने ।

सार्वजनिक भएको भिडिओमा सांसद खनालले औंला ठड्याउँदै ‘कल्ले भन्यो प्रमाण छ ? हाल्छु, जाक्छु समाएर अनि थाहा हुन्छ’ भन्दै गरेको देखिन्छ ।

खनालले थप भनेका छन्, ‘यस्ता मान्छेलाई त तपाईंहरूले सदस्यमा राख्नुभएको छ । अनाधिकृत बोल्न मिल्छ ? कल्ले फोन गर्‍यो ? प्रमाण छ तपाईंसँग ?’

छलफलका क्रममा सांसद खनालले अस्पताल सञ्चालन हुनुपर्ने र त्यसका लागि स्थानीय तथा प्रदेश सरकारले काम गर्नुपर्ने धारणा राखेका थिए । प्रदेश सरकारले सञ्चालन गर्न नसके संघ सरकारले सञ्चालन गर्ने उनको भनाइ थियो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।