त्रिशुली बस दुर्घटना अपडेट : लाईभ भिडियो ।

0
1922

१३ मंसिर , चितवन । काठमाडौँबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु २ ख २९१ नम्बरको यात्रुवाहक वस फिस्लिङ नजिकै रहेको चुम्लिङटारबाट त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । उक्त बस बिहान करिब ९ः१५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनास्थलमा रहेका प्रहरी निरिक्षक कर्म बहादुर केसीले दिएको जानकारी अनुसार यो समाचार तयार पार्दा सम्म ६ जनाको शव फेला परेको छ भने २३ जना घाइतेको उद्दार गरिएको छ घाइते मध्ये ५ जनाको अवस्था गम्भिर देखिएको छ। काठमाण्डौबाट गरिएको चलानी अनुसार बसमा २६ जना यात्रु सवार देखिए पनि बिचबाट चढेकाहरुको यकिन नभएको प्रहरीले जनाएको छ ।

मृतकहरुको सनाखत हुन सकेको छैन भने घाइतेहरुको विवरण संकलन गर्न कठिन भएको प्रहरीले जनाएको छ । चितवनबाट काठमाण्डौं आउँदै गरेको ना ६ ख ४९७२ नम्बरको ट्रकको ठक्करबाट बस दुर्घटना भएको देखिएको निरिक्षक केसीले जानकारी दिनुभयो । ट्रक चालक प्रहरी नियत्रणमा भएकाले घटनाको बिषयमा बुझ्न बाँकी रहेको केसीको भनाई थियो । प्रहरी निरिक्षक केसीका अनुसार बस त्रिशूलीमा डुबेको अवस्थामा छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ ।