३२ वटै जिल्लाका मतपेटिका सम्बन्धित जिल्ला दरमुकाममा ।

0
616

१३ मंसिर , काठमाडौं । पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावमा मतदान भएका ३२ वटै जिल्लाका सबै मतपेटिका सम्बन्धित जिल्ला दरमुकाममा ल्याउने सकिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार कूल दुई हजार ९सय १७ मतदानस्थलका सबै मतपेटिका बुधबारसम्ममा सम्बन्धित जिल्लाको सदरमुकाममा पुर्‍याएको छ ।

डोल्पाका से–फोक्सुण्डो र थार्का ताङसोङ्का मतदानस्थलका मतपेटिका बुधबार हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो । दोस्रो चरणमा मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि मतगणना कार्य सुरु हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।