२०८३ भाद्र ४ गते बिहीबार
२०८३ भाद्र ४ गते बिहीबार

सिरहापछि धनुषामा पनि कर्फ्यु

धनुषामा कर्फ्यु आदेश जारी गरिएको छ ।

आज केही बेर अगाडि बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभए सम्मका लागि कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यायल धनुषाले जानकारी दिएको छ ।

धनुषाको उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक हुँदै पश्चिम सिनरजोडा चोकसम्म पूर्वमा लक्ष्मीपुर बगेवासम्म त्यस्तै, पूर्वको बेलौनी रोड, दक्षिणतर्फ नगराईन नगरापलिकालेखि नगराईन चोकसम्म र पश्चिमतर्फ जनकपुरको बेला कादरी मस्जिद सम्म कफ्फर्् आदेश जारी गरिएको छ ।

सो क्षेत्रमा जुलुस, प्रदर्शन, सभा, घेराउ गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सबैमा जानकारी गराएको छ ।

हिन्दू सम्राट सेनाको आह्वानमा बिहीबार विहानैदेखि हिन्दू युवाहरुले जनकपुर बजार बन्द गरेका छन् । जनकपुरको मुख्य चोकहरुमा टायर बालेर सडक अवरुद्ध गरिएको छ । केही बेर अघि मात्र जनकपुरको पेठिया बजार र दशरतनगरमा झडप भएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।