मोरङमा दोस्रो चरणमा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा

0
307

मंसिर १३,मोरङ । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको दोस्रो चरणको निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा गरेको बताएको छ ।

निर्वाचन अधिकृतहरुलाई चाहिने आवश्यक सामग्रीहरु तयार गरिसकेको र निर्वाचनको तीब्र तयारी भईसकेको क्षेत्रीय निर्वाचन अधिकारी पे्रमप्रसाद सञ्जेलले जानकारी दिनुभयो । उहाँले दोस्रो चरणको निर्वाचनको लागि निर्वाचन आयोग पूर्ण रुपमा तयारी भएको बताउनु भयो । मोरङमा कुल ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेको मोरङमा ६ वटा निर्वाचन क्षेत्र र १२ वटा प्रदेश क्षेत्र रहेको छ । मतदान स्थल र निर्वाचन अधिकृतहरुको कार्यालयहरु स्थापना गरिसकेको सो कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयमा मतपत्र, मतदाता परिचयपत्र , मतपेटिका तयारी अवस्थामा रहेको र निर्वाचनमा चाहिने आवश्यक सामग्रीहरु सवै तयारी पूरा गरेको सो कार्यालयले जनाएकोे छ ।

यसै गरी मोरङ जिल्लामा ७ सय ५८ मतदान केन्द्रहरु हरेका क्षेत्रीय निर्वाचन कार्यालय मोरङले जनाएको छ ।