मंसिर १३,एजेन्सी । आधुनीक आजको दुनियाँमा मोबाइल फोन हरेकको जीवनमा महत्वपूर्ण शरिरलको अंग बनिसकेको छ । तर, मोबाइल फोनबारे कतिपय तथ्य कैयौँलाई थाहा छैन । एजेन्सीको सहयोगमा मोबाइलबारे संकलन गरिएका केही तथ्य यस्ता छन् ।
मोबाइल फोनबाट सबैभन्दा पहिलो कल मार्टिन कुपरले ३ अप्रिल १९७३ मा गरेका थिए । उनी मोटोरोला कम्पनीका कर्मचारी थिए । मोबाइल फोनबाट पहिलो म्यासेज निल पोप्वोर्थले पठाएका थिए । म्यासेज लेखिएको थियो, ‘मेरी क्रिसमस’ । मोबाइलबाट सबैभन्दा पहिलो फोटो सन् १९९७ मा फिलिप्पे कहनले खिचेका थिए ।
नोकियाको ११०० मोडलको मोबाइल फोन अहिलेसम्मको सबैभन्दा धेरै बिक्री भएको मोबाइल हो । यो २५ करोड थानभन्दा बढी बिक्री भएको छ । मोबाइलको इतिहासमा यो एक रेकर्ड हो ।
पहिलो मोबाइल फोन सन् १९८३ मा अमेरिकामा बनेको थियो । यसको मूल्य झन्डै चार हजार डलर अर्थात् चार लाख रुपैयाँ थियो । विश्व बजारमा आएकामध्ये ७० प्रतिशत मोबाइल चीनमा बनेका छन् ।
विश्वका ४९ प्रतिशत व्यक्ति गेम खेल्न मोबाइल प्रयोग गर्छन् भने ३० प्रतिशत व्यक्ति सामाजिक सञ्जाल प्रयोगका लागि ।
सन् २०१२ मा संसारको सबैभन्दा ठूलो कम्पनी एप्पलले एक सेकेन्डमा चारवटा मोबाइल बेच्थ्यो अर्थात् एक दिनमा तीन लाख ४० हजार थान । औसतमा एक व्यक्तिले एक दिनमा एक सयपटकभन्दा बढी समय मोबाइल अनलक गर्छ ।
अहिलेसम्म सबैभन्दा बढी मोबाइलको बिल फ्लोरिडाकी सेलिना आरोन्सको नाममा एक लाख ४२ हजार पाउन्ड आएको थियो । नेपाली रुपैयाँमा यसको हिसाब सवा दुई करोडभन्दा बढी हुन्छ ।
विश्वका १०० मध्ये ८० व्यक्ति मोबाइल फोन प्रोग गर्छन् । एउटा मोबाइल फोनमा शौचालयमा भन्दा लगभग १८ प्रतिशत बढी ब्याक्टेरिया पाइन्छन् ।