२०८३ भाद्र ४ गते बिहीबार
२०८३ भाद्र ४ गते बिहीबार

मधेशमा सुरक्षा सतर्कता उच्च, नेपाल प्रहरी र सशस्त्रका उच्च अधिकृत परिचालित

तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनदेखि देखिएको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सुरक्षा सतर्कता थप कडा बनाएका छन् । कफ्र्यु लागू भएका तथा संवेदनशील मानिएका जिल्लामा दुवै सुरक्षा निकायले आफ्ना उच्च अधिकृतलाई परिचालन गरेका छन् भने छिमेकी जिल्लाबाट समेत थप सुरक्षाकर्मी प्रभावित क्षेत्रमा पठाइएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेका अनुसार कफ्र्यु लागू भएका जिल्लाका साथै त्यससँग जोडिएका अन्य संवेदनशील क्षेत्रमा पनि वरिष्ठ प्रहरी अधिकृतलाई खटाइएको छ । उनले स्थानीय प्रशासनसँग समन्वय गर्दै सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउने, सम्भावित अप्रिय घटना रोक्ने तथा शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले उच्च तहका अधिकृत परिचालन गरिएको जानकारी दिए ।

यसैगरी, सशस्त्र प्रहरी बल नेपालले पनि प्रभावित क्षेत्रमा आफ्नो सुरक्षा उपस्थिति थप सुदृढ बनाएको छ । उच्च अधिकृतका साथै आवश्यक जनशक्ति अभाव हुन नदिन तराईका छिमेकी जिल्लाबाट अतिरिक्त सुरक्षाकर्मीसमेत परिचालन गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

सुरक्षा संयन्त्र ‘हाई अलर्ट’मा

सुरक्षा निकायले संवेदनशील क्षेत्रको अवस्थालाई निरन्तर निगरानीमा राख्दै संयुक्त सुरक्षा रणनीतिअनुसार काम गरिरहेको जनाएको छ । स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायबीच समन्वय बढाएर कुनै पनि अप्रिय घटना हुन नदिन आवश्यक सुरक्षा तयारी गरिएको बताइएको छ ।

तराई–मधेशका केही जिल्लामा पछिल्ला दिनयता भएका हिंसात्मक घटना, प्रदर्शन र सामुदायिक तनावपछि प्रशासनले विभिन्न स्थानमा कफ्र्यु आदेश जारी गरेको छ । त्यसपछि सुरक्षा चुनौती बढ्दै गएसँगै केन्द्रबाट थप सुरक्षा नेतृत्व र जनशक्ति परिचालन गरिएको हो ।

सुरक्षा निकायले नागरिकलाई अफवाह र भ्रामक सूचनाबाट टाढा रहन, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न तथा कानुनको पालना गर्दै शान्ति र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न अपिल गरेका छन् । आवश्यकताअनुसार थप सुरक्षा जनशक्ति तथा स्रोत–साधन परिचालन गर्न सकिने जनाइएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।