पर्सा जिल्लाको सार्वजनिक यातायात हुने लैंगिक हिंसाको बिरोध

0
229

मंसिर १३ ,वीरगञ्ज । पर्सा जिल्लामा सञ्चालित यातायात क्षेत्रका कर्मचारीहरुले सार्वजनिक यातायातका क्षेत्रमा हुने लैंगिक हिंसाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनीहरुले सार्वजनिक यातायातका साधनमा विशेष गरी महिलाबिरुद्ध दुव्र्यवहार हुने गरेको स्वीकार गर्दै आगामी दिनमा त्यस्ता गतिविधि हुन नदिने प्रतिबद्धता जनाए ।

एक्सन एड नेपाल र आइीरस एडको सहयोगमा दिव्य युवा क्लब पर्साले लैंगिक हिंसाबिरुद्धको १६ दिने अन्र्तराष्ट्रिय अभियानको अवसर पारेर आयोजना गरेको कार्यक्रममा यातायात क्षेत्रका कर्मचारीहरुले महिला आरक्षण सिट पनि महिलालाई नै उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

वीरगञ्जमा बुधबार आयोजित कार्यक्रममा ४० जनाभन्दा बढी यातायात क्षेत्रका कर्मचारी र सुरक्षा निकायका प्रतिनीधि सहभागी थिए ।

सार्वजनिक यातायातका साधनमा महिला तथा किशोरीमाथि हुने हिंसा अन्त्यका लागि आफूहरुले सकेको सहयोग गर्ने उनीहरुको भनाइ छ ।

‘कतिपय अवस्थामा महिला कै कारण पनि समस्या आउने गरेको छ । तर, जानेर वा अन्जानमा माहिलामाथि हिंसा भइरहेको बुझ्न आएको छ’, नारायणी यातायात व्यवसायी संघका वीरगञ्ज क्षेत्रीय इञ्चार्ज अकवर हवारीले भने, ‘अबका दिनमा हामी त्यस्तो हुन दिने छैनौं । ’

क्लबका कार्यक्रम प्रमुख रामाकान्त पटेलले यातायात क्षेत्रका कर्मचारीहरुले सकारात्मक सोच लिएर महिलाको सम्मान गर्ने बानीको विकास गर्दै जाने हो भने समस्या समाधान हुने बताए ।