५० हजार घुससहित इन्जिनियर पक्राउ

0
243

मंसिर १३,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पोखरा सिंचाइ विकास डिभिजनका इन्जिनियर गोविन्द भुर्तेललाई घुस रकमसहित पक्राउ गरेको छ।

सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइरहेको बेला आयोगको टोलीले भुर्तेललाई कार्यालयबाटै पक्राउ गरेको हो। भुर्तेलका बारेमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।