संघियको देश जोड्ने अभियान

0
207

मंसिर १३,ओखलढुंगा। संघिय समाजबादी फोरम नेपाल ओखलढुंगाले देश जोड्ने अभियान सञ्चालन गरेको छ । फोरमका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज जुद्ध बा राई धाक्रेको नेतृत्वमा अभियान सञ्चालन भएको हो ।

पहिलो चरण अन्तरगत यहि मंसिर १० गते सम्पन्न प्रदेशसभा तथा प्रतिनिध सभा सदस्य निर्वाचन सम्पन्न गराईसकेपछि द्रोस्रो चरणको निर्वाचनका लागी टोली सप्तरीतर्फ प्रस्थान गरेको संघिय समाजबादी फोरम ओखलढुंगाले जनाएको छ ।

टोलीले भावनात्मक रुपमा हिमाल पहाड र तराईलाई जोड्नुपर्ने भन्दै अभियानको थालनी गरेको फोरमका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज जुद्ध बा राई धाक्रेले जानकारी दिए । उनिहरुले यस अवधिमा सप्तरीमा रहि चुनावी प्रचारप्रसारलाई तिब्रता दिने जनाएका छन् ।