नेपालको माओवादी एक नम्बरमा, चीनद्वारा प्रचण्डकाे प्रशंसा

0
273

मंसिर १४,काठमाडौं। चिनियाँ कमयुनिष्ट पार्टीले विश्वका ६ सय कम्युनिष्ट पार्टीलाई छाडेर नेपालकै माओवादीलाई एक नम्बरमा राखेको छ । चीनमा जारी नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुको अन्तक्र्रियामा विश्वका छ सय कम्युनिष्ट पार्टीहरुमध्ये नेकपा माओवादी केन्द्रलाई चीनले पहिलो नम्बरमा राखेको हो ।

चिनियाँ कमयुनिष्ट पार्टीका विदेश विभागका एसिया व्युरो प्रमुख साव लिङले नेपाली माओवादीप्रति चीन सकारात्मक रहेको बताए । नेपाली राजनीतिको अग्रस्थानमा रहेको माओवादी केन्द्रले गणतन्त्र स्थापना, संविधान निर्माण र शान्ति प्रक्रियाकालागि खेलेको भुमिकाबाट आफूहरु प्रभावित भएको भन्दै उनले माओवादी अध्यक्ष प्रचण्ड तारिफ गरे । हालै समपन्न १९ औँ महाधिवेशबाट नयाँ समाजवादी क्रान्तिको नीति लिएको चीनले विश्वमा सामाजवाद कसरी अगाडि बढ्छ भन्नेमा चासो लिएको उनले बताए ।