मंसिर १४,भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले प्रजातन्त्र जोगाउन लोकतान्त्रिक गठबन्धन खडा भएको बताएका छन् ।
आज भक्तपुरमा आयोजना भएको लोकतान्त्रिक गठबन्धनको युवा भेलामा उनले भने –“मुलुकले वाम गठबन्धन सहन नसक्ने भएकाले पनि लोकतान्त्रिक गठबन्धन बनाउनु परेको हो ।”
अध्यक्ष राणाले भने, “वाम गठबन्धन विजयी भएमा मुलुकमा एकदलीय अधिनायकवाद आउँछ, वाम गठबन्धनलाई मुलुकले थेग्न पनि सक्दैन, त्यसैले प्रजातन्त्र जोगाउन लोकतान्त्रिक गठबन्धन खडा गर्नुपरेको हो ।”
विगतका वर्षमा नौ महिनामा सरकार ढाल्ने प्रवृत्तिको अन्त्य गरी देशलाई स्थिर सरकार दिन्छौँ भनेर आएकाले लोकतान्त्रिक गठबन्धनलाई विजयी बनाउनुपर्नेमा जोड दिदैं उनले राप्रपा (प्रजातान्त्रिक) ले प्रत्यक्ष उम्मेदवारतर्फ नेपाली काँग्रेसलाई सम्पूर्ण भोट दिने तर त्यसको बदलामा काँग्रेसले समानुपातिकको भोट सबै आफ्नो पार्टीलाई दिनुपर्ने बताए ।