पुराना चुनावी अनुभव : राजाले उठाएका उम्मेदवार घोडामा आउँथे ,अरुले लुकेर भोट माग्थे ।

0
422

१५ मंसिर , काठमाडौं । काभ्रेको धुलिखेल खर्पु स्थायी घर भएका राधाकृष्ण श्रेष्ठ हाल कोटेश्वरमा बस्छन्, ८२ वर्षीय उनी एकाबिहानै कोटेश्वर महादेवस्थान मन्दिर वरपर ‘मर्निङ वाक’का लागि निस्कन्छन्, । नगरिक दैनिकमा समाचार छ ।

‘मार्निङ वाक’मा उनकै उमेर समूहका अरु वृद्ध पनि भेट हुन्छन् । कसरतका लािग निस्केका उनीहरु मन्दिरलाई दुईचार फन्को लगाएपछि आफ्ना दौतरीसँग राजनीतिक गफमा मस्त हुन्छन् ।

गत मंगलबार बिहान महादेवस्थानमा भेटिएका श्रेष्ठ आफ्ना दौतरीसँग पुराना चुनावी अनुभव साटासाट् गर्दै थिए । श्रेष्ठले पहिलोपटक २०१५ सालको आम निर्वाचनमा भोट हालेका थिए ।

‘भर्खरै जहानियाँ राणा शासन ढलेर प्रजातन्त्रको दियो बलेको थियो, त्यो बेला मतदान गर्न पाउँदा ठूलै युद्ध जितेसरह हुन्थ्यो,’ त्यसबेलाको चुनाव स्मरण गर्दै श्रेष्ठले भने, ‘राणा र राजाले उठाएका उम्मेदवार घोडामा आउँथे, कांग्रेस–कम्युनिस्टका उम्मेदवार लुकिछिपी राति भोट माग्न आउँथे ।’

त्यसबेला नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी र राजा महेन्द्रको समर्थनमा रंगनाथ शर्माले दर्ता गराएको पार्टी चुनावी मैदानमा रहेको श्रेष्ठको सम्झना छ ।