१५ मंसिर , काठमाडौं । मुलुकको हुलाक सेवाले पुनर्जिवन पाउने भएको छ । विद्यमान शैलीलाई प्रतिस्थापन गर्दै हुलाक सेवा विभाग प्राधिकरणमा परिणत हुने भएको छ । नेपाल समाचारपत्रमा समाचार छ ।
सूचना तथा सञ्चारको क्षेत्रमा नयाँ प्रविधि र तौरतरिका भित्रिएसँगै कामविहिनको अवस्थामा पुगेको हुलाक सेवालाई नयाँ संरचना र ढाँचामा अगाडि बढाउन सूचना तथा सञ्चार मन्त्रालयले आन्तरिक तयारी थालेको छ ।
विभागलाई प्राधिकरणको ढाँचामा लैजाने तयारी मन्त्रालयले गरेको हो । आजको नेपाल समाचारपत्रमा दीपेन्द्र थापाले लेखेका छन् । परिमार्जन गर्दै द्रुत डाँक सेवा, ई कमर्सका रुपमा अगाडि बढाउन लागिएको हुलाक सेवा विभागका निमित्त महानिर्देशक राजन पौडेलले बताए ।